News in Nepali

Lumbinikhabar Online

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीय सरकारमा धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या आवश्यक नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै देवकोटाले जनतालाई सेवा सुविधा दिने सवालमा थोरै मन्त्रालय भए पनि प्रभावकारी हुने बताएका हुन् ।

‘हाम्रोमा धेरै मन्त्रालय र मन्त्री किन चाहियो ? केन्द्रमा संविधान बमोजिम प्रधानमन्त्री सहित २५ जना मन्त्री हुने व्यवस्था छ’ देवकोटाले भने, ‘स्वीजरल्याण्डको संविधानमा प्रधानमन्त्रीलाई चान्सलर भन्दो रहेछ । चान्सलरसहित सात जना मन्त्री बनाउन नपाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख छ ।’ संघीय सरकारमा २२ मन्त्रालयको सङ्ख्या समेत बढी भएको देवकोटाले बताए ।

Tags

छुटाउनु भयो कि ?