लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन् ।
उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुँदै गएकाले केही वर्षयतादेखि जारी संकटको समाधानका लागि आग्रह गरेका हुन् ।
लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन् ।
आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उनले लामो समयदेखि जारी रहेको लिबियाको संकट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गरे ।
सो बैठकपछि उनले ट्वीटमा लेखेका छन्, विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु ।