News in Nepali

प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक 146

Lumbinikhabar Online

भारत सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ मा भारतको गुजरातमा भएको दंगामाथि बनेको बीबीसीको डकुमेन्ट्री प्रसारणमा रोक लगाएको छ । बीबीसीले सन् २००२ मा भारतको गुजरातमा भएको दंगाको विषयलाई लिएर बनाएको डकुमेन्ट्रीमा प्रधानमन्त्री मोदीको नकारात्मक चित्रण गरिएको भन्दै विरोध भएको थियो ।
इन्डिया : द मोदी क्वेस्चन’ शीर्षकको उक्त डकुमेन्ट्रीमा मोदीको सुरुवाती राजनीतिक जीवनको बारेमा देखिएको छ । मोदी गुजरातको मुख्यमन्त्री भएको समयमा भएको दंगाको विषयमा बनेको उक्त डकुमेन्ट्रीका अंशसमेत सामाजिक सञ्जालमा पोस्ट गर्न प्रतिबन्ध लगाइएको छ ।

डकुमेन्ट्रीका कुनै पनि अंश सामाजिक सञ्जालमा सेयर गर्न नदिन भारत सरकारले निर्देशन दिएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले ट्विटरमा उल्लेख गरेका छन् ।

उक्त डकुमेन्ट्रीबारे बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार प्रेस सम्मेलनमा यो डकुमेन्ट्रीको उद्देश्य नै अर्कै किसिमको न्यारेटिभ सिर्जना गर्नु भएको बताएका छन् । उक्त न्यारेटिभलाई यसअघि नै निष्क्रिय भइसकेकोमा पुनः त्यसलाई ब्युँताउन खोजिएको आरोप लगाएका छन् । उनले डकुमेन्ट्री बनाउने बीबीसीको आशयप्रतिसमेत संशय व्यक्त गरेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?