News in Nepali

प्रमुख विपक्षी दलको मान्यता र सुविधा माग्दै कांग्रेसले संसदलाई लेख्यो पत्र

Lumbinikhabar Online

नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।

संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको हो ।

Tags

छुटाउनु भयो कि ?