सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद लक्ष्मी कोइरी महतो बिहीबार संसदमा अनुपस्थित छन्। संसदको हाजिरी शाखाका अनुसार उनले बिहीबार हाजिर गरेका छैनन्।
बिहीबार संसदको बैठकमा नेपाली कांग्रेसले हत्या अभियोग लागेका सांसदले भोट हाल्न पाउने वा नपाउने प्रष्ट हुनुपर्ने माग गरेको थियो। यस्तै उनलाई पक्राउ नगरेकोप्रति कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए।