संघीय सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई पनि विश्वासको मत दिने भएको छ ।
मंगलबार बिहान कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बिहान बसेको प्रदेश कार्यसम्पादन समिति बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पार्टीको प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिन लागेको प्रवक्ता रुवालीले बताए । पार्टीको निर्देशनका विषयमा छलफल गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक अहिले चलिरहेको छ ।
एक सय १० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५६ मत चाहिन्छ। सत्तासाझेदार दलसँग बहुमत रहेको छ