चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ।
मंगलबार एक संचार माध्यम संग कुराकानी गर्दै अध्यक्ष एवं प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।