News in Nepali

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु

Lumbinikhabar Online

सत्तारुढ दलहरुले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न २७ पुससम्मको समय दिएका छन् ।

आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुबीच लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने सहमति भएपसँगै एमालेले अन्य दलहरुसँग छलफल अघि बढाएको छ ।

लुम्बिनीमा एमाले प्रदेशसभा संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । सोमबार प्रदेशको स्थायी राजधानी देउखुरीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो २ बजेदेखि प्रदेश सरकार गठन गर्नका लागि सत्तारुढ दलहरुबीच छलफल चलिरहेको छ ।

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नागरिक उन्मुक्तिको ४/४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।

Tags

छुटाउनु भयो कि ?