नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नव गठित सरकारले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले एस्तो बताएका हुन् ।
खनालले वाम एकताको सरकार बन्न सक्ने आधार भएपनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको तर्क गरेका छन् ।
‘जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ, त्यसले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको छ’ पूर्वप्रधानमन्त्री खनालले लेखेका छन्, ‘यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्टीले लालायित हुन जरुरी छैन ।’