News in Nepali

सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ´ : गृहमन्त्री लामिछाने

Lumbinikhabar Online

नव नियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवाको लागि नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?