नेपाल कम्युनिस्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले संस्थागत निर्णय गरेमा राष्ट्रपति हुने इच्छा व्यक्त गरेकी छन् ।
एमाले बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि हेटौँडामा रहेकी उनले अवसर आउँदा आफू कहिल्यै पछि नपरेको भन्दै राष्ट्रपतिका लागि पनि पछि नहट्ने बताएकी हुन् ।