News in Nepali

प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ

Lumbinikhabar Online

प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ ।
विद्यार्थी परिषद्काे सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दर्शी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूकाे विशेष याेजना तय गर्ने ध्येयका साथ साउन ६ र ७ गते तनहुँकाे देवघाट धाममा रहेकाे परमान्नद संस्कृति गुरुकुलमा सञ्चालन भएको परिषद्का महासचिव छितराज न्याैपानेले बताएका छन् ।

बैठककाे उद्घाटन सत्रमा परमान्नद संस्कृति गुरूकुलका प्राचार्य स्वामी शुभाव चैतन्यज्युले शुभकामना कामना मनतव्य राख्दै ” नेपाल अरूकाे देशमा मजदुरी गर्ने जाने भूमि नभएर विश्वलाई ज्ञान, धर्म र संस्कार बाँडन र सिकाउने गुरुहरूकाे भूमि भएको र त्यही दिशामा सम्पूर्ण युवाहरू हिडनु पर्ने बताएका थिए , उहाँले हामी देव र ज्ञान भूमिमा जन्मेर आज मजदुरी गर्न विश्वभर जानू भनेकाे अत्यन्तै दख: कुराे भएको व्यत्त गर्नु भयो । साथै उहाँले पाश्चात्यहरू यहाँ आएर हाम्रा देविदेवताहरूकाे अपमान गर्ने, हाम्रो भाषा , धर्म , संस्कृति र सभ्यतालाई मास्न निरन्तर लागि परिरहेकोले यश विषयमा पनि सचेत भएर अगाडि बढनु पर्ने भन्दै विद्यार्थी परिषद्काे दुई दिने बैठककाे सफलताको लागि शुभकामना प्रदान गर्नु भएको थियोे ।

परमान्द संस्कृत गुरुकुलका प्रचार्य शुभाव चैतन्यज्यू, संघका राष्ट्रिय प्रचारक वेद प्रकाशज्यू, परिषद् अध्यक्ष गाेपीनाथ कण्डेलज्यू, महासचिव छितराज न्याैपाने र संगठन सचिव नारायण प्रसाद ढकालज्यूले सयुत्त रूपमा उद्घाटन गर्नु भएको प्रथम राष्ट्रिय परिषद् बैठकमा एक दिवसिय अभ्यसा वर्ग, आवासीय अभ्यास वर्ग मिति, लक्ष्य , विषयविन्दु, तथा प्रवास याेजना , सदस्यता अभियानकाे लक्ष्य , प्रदेश छात्रा सम्मेलकाे याेजना, कार्यालय काेष तथा बार्षिक आयव्यय विवरण एवम् लेखापरीक्षण , विविध आयाम एवं गतिविधिहरू , संकल्प ,निरामय, छात्रा कार्य , जनजाति कार्य , विश्वविद्यालय कार्य, सेवा र विकासका लागि युवा, द्वैमासिक पत्रिका( स्टुडेन्टस् कन्सेप्टस् ) केन्द्रीय कार्यकारिणी समिति बैठककाे मिति र स्थानकाे बिषयहरू माथि विशेष छलफल पश्चात् आगामी निर्णयहरू तय गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

बैठककाे उद्घाटन सत्रमा परमान्नद संस्कृति गुरूकुलका प्राचार्य स्वामी शुभाव चैतन्यज्युले शुभकामना कामना मनतव्य राख्दै ” नेपाल कसैकाे देशकाे सेवा गर्ने भूमि नभएर विश्वलाई ज्ञान, धर्म र संस्कार सिकाउने गुरूहरूकाे भूमि भएको र त्यही दिशामा सम्पूर्ण युवाहरू हिडनु पर्ने बताएका थिए , उहाँले हामी आज सेवा गर्न विश्वभर जानू भनेकाे अत्यन्तै दख: कुराे भएको व्यत्त गर्नु भयो । साथै उहाँले पाश्चात्यहरू यहाँ आएर हाम्रा देविदेवताहरूकाे अपमान गर्ने, हाम्रो भाषा , धर्म , संस्कृति र सभ्यतालाई मास्न निरन्तर लागि परिरहेकोले यश विषयमा पनि सचेत भएर अगाडि बढनु पर्ने भन्दै विद्यार्थी परिषद्काे दुई दिने बैठककाे शुभकामना प्रदान गर्नु भएको थियोे ।
बैठककाे उद्घाटन सत्रमा राष्ट्रिय अध्यक्ष डा. गाेपीनाथ कंडेल , राष्ट्रिय महासचिव छितराज न्याैपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाशज्यू, स्मामी शुभाव चैतन्य ब्रमाचार्यज्यू लगायत केन्द्रीय समितिका प्रमुख पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियोे ।

Tags

छुटाउनु भयो कि ?