काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ ।
सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे र अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो । अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीयवासीले बताएका छन् ।