सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।
उनले भनिन् : ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’ सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिलुञ्जेल माया र मन नमिलेपछि यौन हिंसाको संज्ञा दिइएको बताइन् । उनले प्रश्न गरिन् : ‘केही दिन अघिको पल शाह प्रकरणलाई हेरौं, पल र युवतीबीच जबसम्म मन मिल्यो, त्यसलाई मायाको (लभ)को संज्ञा दिने, जब मन मिलेन त्यसलाई बलात्कारको संज्ञा दिने ?’