News in Nepali

जातीय भेदभाव सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो : राष्ट्रपति भण्डारी

Lumbinikhabar Online

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताएकी छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले
पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छन्।

उनले भनेकी छन्, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो।’ यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज‚ सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ।’

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ।

Tags

छुटाउनु भयो कि ?