News in Nepali

अभिनेत्री मिरुना मगर र फुर्पा शेर्पाबीच भएको विवादमा सहमति

Lumbinikhabar Online

शारीरिक दुर्व्यबहारको विषयमा अभिनेत्री मिरुना मगर र फुर्पा शेर्पाबीच भएको विवादमा सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेपछि दुईजना विचको विवादमा सहमति भएको हो ।

दुई पक्षको सहमति पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पक्षका अभिभावकहरू छलफलमा बसी आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक सङ्घ सङ्गठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरी लियौँ दियौँ।’

Tags

छुटाउनु भयो कि ?