News in Nepali

जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

Lumbinikhabar Online

आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ ।

स्रोतका अनुसार विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। काठमाडौँ ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

Tags

छुटाउनु भयो कि ?