News in Nepali

१६ महिनाने बालकले राखे ३ वटा विश्व कीर्तिमानी , वास्तविक गूगल ब्वाइको उपमा

Lumbinikhabar Online

भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

मुलुकको मध्यप्रदेश स्थित रिवामा बस्ने यशस्वी मिश्रा नामका बालकले विश्वका १ सय ९५ वटा देश र तिनीहरुका राजधानीको नाम कण्ठ पारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले यसअघि उनले १२ महिनाको उमेरमै विभिन्न २६ वटा देशका राष्ट्रिय झण्डा पहिचान गरी वर्ल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ज गराएका थिए ।

साथै यस्तो अदभूत क्षमता देखाउने विश्वको सबैभन्दा कम उमेरका बच्चाको रुपमा इन्टरनेशनल बुक अफ रेकर्डमा पनि उनको नाम दर्ज भएको छ । उनले अहिलेसम्म ३ वटा विश्व रेकर्ड आफ्नो नाममा पारिसकेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?