यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक दर्ता भएको छ ।
उक्त मुद्दामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक संसद सचिवालयमा गरेको हो ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद सचिवालयले जनाएको छ ।
मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ ।