News in Nepali

ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर दुर्घटना हुँदा १० जना घाइते 

Lumbinikhabar Online

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको शारदा खोलानजिकै दुर्घटनामा परि उनिहरु घाइते भएका हुन् । घाइतेमा एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।
घाइतेमध्ये सात जना बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठोक्किएको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

Tags

छुटाउनु भयो कि ?