नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई जिताएर सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएको बताएका छन् ।
शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ।’ यस्तै उनले साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि बताए । ‘बालेनलाई बधाई दिउँ, बदलौँ आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ ।
बालेनको जितमा काँग्रेसको पराजय मात्र होइन जनताले आशा देखेको पनि शर्माको भनाइ छ।