काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने बताएकी छन् ।
आज काठमाडौंमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘७७ जिल्लाकै बासिन्दा बसोबास गर्ने सहर हो यो । काठमाडौंको आफ्नै मौलिक परम्परा छ । त्यसलाई उजागर गर्न सधैँ ध्यान दिनेछु । विश्व सम्पदा सूचीमा परेको सहर हो यो । ऐतिहासिक सभ्यताका यस्ता सहरलाई पर्यटकीय स्थल बनाउन सकेका छैनौं, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने छु ।’
काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् । महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन्