News in Nepali

एमालेले वितरण गर्न लागेको ५० थान प्लास्टिकको कुर्सी प्रहरीले नियन्त्रणमा

Lumbinikhabar Online

नेकपा (एमाले)ले सोलुखुम्बुमा वितरण गर्न लागेको ५० थान प्लास्टिकको कुर्सी प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको कुर्सी प्रहरी चौकी वाकुले नियन्त्रणमा लिएको हो ।

जिल्लाको माप्य दूधकोशी गाउँपालिकाको वडा नं. ६ मा कुर्सी वितरण गर्न लागिएको थाहा पाएपछि गठबन्धनका कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेका थिए । खबर गरेलगत्तै प्रहरीले कुर्ची नियन्त्रणमा लिएको जनाइएको छ ।

निर्वाचन परिणामलाई प्रभावित पार्न आचारसंहिता विपरित कुर्सी वितरण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?