News in Nepali

म रेणु दाहाललाई भोट माग्न गएको होइन, शुभकामना दिन र सचेत गराउन गएको हुँ : सन्दीप क्षेत्री

Lumbinikhabar Online

कलाकार सन्दीप क्षेत्रीले बिहीबार भरतपुरमा रेनु दाहाललाई शुभकामना दिन चुनावी सभामा बोलेको कुरालाई लिएर राजनीतिक प्रपोगान्डा बनाउनु उचित नभएको बताएका छन् ।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्रमा विवादमा मुछिएपछि उनले एस्तो बताएका हुन् ।

उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए ।

एक संचार माध्यम संग कुरा गर्दै अभिनेता क्षेत्रीले आफ्नो भरतपुरको भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।
उनले भने, ‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ । शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’

Tags

छुटाउनु भयो कि ?