News in Nepali

राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारी द्वारा पार्टी परित्याग

Lumbinikhabar Online

राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । हेटौंडाको मेयर पदका लागि टिकट नपाएपछि शुक्रबार एक विज्ञप्ति जारी गरि पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’

Tags

छुटाउनु भयो कि ?