सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका अध्यक्ष केपी ओलीले एकपटक जनताको बीचमा उभिएर माफी माग्नु पर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमालेका अध्यक्ष केपी ओलीले एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्यान्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसका लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा नमागीकन, माफीको याचना नगरीकन जनताको बीचमा मत माग्ने नैतिक आधार पनि उनलाई छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’
यस्तै उनले थपे ‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज प्रदेश, स्थानीय, संघको चुनाव गर्नुपर्थ्यो । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो ।