News in Nepali

कलाकार सन्दीप क्षेत्रीले प्रचण्डलाई भने : तपाइँले छोरी गजबको पाउनु भएको छ चिन्ता नलिनुस

Lumbinikhabar Online

हास्य कलाकार सन्दीप क्षेत्रीले रेणु दाहाल जस्तो मेयर पाउनु भरतपुर महानगरपालिकाको लागि खुसीको कुरा भएको बताएका छन् ।

चितवनको भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै कलाकार क्षेत्रीले रेणुलाई ‘दिदी’ भनेर सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोरीको चिन्ता नगरेर ढुक्क हुन आग्रह गरेका छन्। उनले भने, ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस्। तपाईले गज्जबको छोरी पाउनुभएको छ।’

आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता समेत नलिएको बताएका सन्दीपले यसपटक भने भरतपुरमा रेणुको जितको कामना खुलेरै गरे।

Tags

छुटाउनु भयो कि ?