राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आज पार्टी परित्याग गरेका छन् । उनले अब पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् । उनी कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक सङ्गठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।