सत्ता गठबन्धनले चितवनमा संयुक्त सभा गर्ने स्थानका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । पानी जमेको स्थानमा डोजर लगाएर पनि पानी निकासको व्यवस्था मिलाइएको छ । वगएराति परेको पानीले सभास्थल केन्द्रीय बस टर्मिनल जलमग्न भएको थियो ।
नेकपा माओवादी केन्द्र चितवनका नेता आरसी अधिकारीले ६ लेन सडक विस्तारको काम भइरहेकाले केही स्थानमा पानीको निकास रोकिंदा बस टर्मिनलको क्षेत्र जलमग्न भएको तर अहिले निकास गराएर सभाको तयारी भइरहेको बताए । बिहानैदेखि सत्ता गठबन्धनका दलका कार्यकर्ताहरु पानी फाल्ने र मञ्च बनाउने तयारीमा जुटेका थिए ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चितवनमा छन् ।