News in Nepali

रामचन्द्र पौडेलको प्रस्ताव जगन्नाथ पौडेल द्वारा अस्वीकार

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका हुन् ।

वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिएका हुन् ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेदवार भएपछि त्यसको विरुद्धमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी निर्णय नमानेको भन्दै उहाँलाई कांग्रेसले कारबाही गरेको छ ।

Tags

छुटाउनु भयो कि ?