निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण सप्तरीको राजविराज पुगेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुगेका हुन् ।
गृहमन्त्री खाणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् ।