नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकि नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले विप्लवसहित आफूलाई कारवाही गर्नुमा कुनै अर्थ नरहेको र त्यो पागलपना भएको बताएका छन् ।
बुधबार चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई महासचिव र विश्वकर्मालाई प्रवक्ताबाट हटाएपछि विश्वकर्माले आफूहरुलाई कारवाही गर्नुको अर्थ नभएको बताएका छन् । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलाले महासचिवमा विप्लवलाई हटाएर संयोजकमा बास्तोलालाई बनाएको छ ।