News in Nepali

चिङ्गाडमा माओवादी र काँग्रेसबीचको दुई दलीय गठबन्धन टुट्यो

Lumbinikhabar Online

सुर्खेतको चिङ्गाड गाउँपालिकामा माओवादी–काँग्रेसबीचको दुई दलीय गठबन्धन टुटेको छ । काँग्रेसको स्वार्थ अनुकुल गठबन्धन बनेको र काँग्रेसले नै धोका दिएको भन्दै माओवादी केन्द्र बाहिरिएको हो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले गठबन्धन तोडेको जानकारी गराएको छ । माओवादीले प्रदेशमा भएको सहमति विपरीत काँग्रेस अघि बढ्न खोजेको आरोपसमेत लगाएको छ ।

चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसलाई दिने सहमति भएको थियो । माओवादीलाई ०७४मा जितेका वडासहित तीन वटा वडाको नेतृत्व लिनेगरी निर्वाचन लड्ने सहमति भएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?