बाँकेमा ८ सय २ ग्राम ७३ मिलिग्राम अबैध सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंह रहेका छन् ।
उनलाई बाकेको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँस्थित सुवेदी चोकबाट पक्राउ गरिएको हो ।
उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।
सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको स्रोतले जनाएको छ ।