सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ ।
मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
सन् २०२१ मा कोरोना भाइरसको महामारीको प्रभाव उच्च थियो । सो वर्षको चौथो महिनामा आगमन मात्र १ हजार ४६८ जना रहेको थियो ।