News in Nepali

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने नवनियुक्त प्रहरी प्रमुख सिंहको प्रतिबद्धता

Lumbinikhabar Online

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उनले यस्ताे बताएका हुन् ।

साथै उनले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु जनाए ।

सिंहले भने, ‘आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने याेजनालाई केन्द्रमा राखेर आफ्ना सहकर्मीहरुलाई साथमा लिइ सङ्गठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको पालिका चुनाव हाे । चुनावलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने खालकाे वातावरण निर्माणमा ध्यान दिन्छु।’

सिंहले पालिका चुनावमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे।

गृह मन्त्रालयमा आज गृहसचिव टेकनारायण पाण्डेले उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?