News in Nepali

नमुना मतपत्रमा चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु धर्नामा

Lumbinikhabar Online

धनुषामा नमुना मतपत्रमा चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय धर्नामा दिएका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् ।

नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन वित्दा पनि निर्वाचन कार्यालयको वेभसाइटमा रहेको मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह नरहेको बताए ।

Tags

छुटाउनु भयो कि ?