नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको दाबी गरेका छन् ।
मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा उनले एस्तो बताएका हुन् ।
स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए । ‘केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।’ पुनले भने, ‘लेनिन भन्छन् मान्छेहरु के भन्छन् त्यो महत्वपूर्ण हुँदैन । मान्छेले के गर्छन् ? त्यसको व्यवहार कस्तो छ ? भन्ने हो । उसले कोसँग संगत गर्छ ? भन्ने हो । मान्छेको बोलीबाट चिन्न सकिँदैन । उसलाई चिन्ने संगतबाट हो ।’
केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको पुनले दाबी गरे । ‘आज ओलीजीहरुको चुनावी तालमेल कम्युनिस्टहरुसँग छ ? वामपन्थी र प्रगतिशीलहरुसँग छ । उहाँको तालमेल दक्षिणपन्थी अतिवादीहरुसँग छ ? त्यो उहाँले आफै प्रष्ट पार्नुभएको छ, हामीले भन्दै पर्दैन ।’ पुनले भने, ‘ओलीजी दक्षिणपन्थी बाटोमा हुनुहुन्छ । प्रतिगमनको बाटोमा हुनुहुन्छ, त्यो तथ्यहरुले पुष्टी गरेको छ । उहाँले ठूला–ठूला कुरा गरेर केही हुँदैन । आमजनताले बुझेका छन् ।’
स्थानीय चुनावमा केपी ओली पराजित हुनु संविधान र लोकतन्त्रको रक्षा हुनुभएको बताए । ओली पराजित हुनु नै पुनः वामपन्थी शक्तिहरुको पुनः एकता गर्ने वातावरण बन्नु भएको बताए ।