News in Nepali

५ लाख घुससहित भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृत विरुद्ध मुद्दा

Lumbinikhabar Online

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुससहित भ्रष्टाचार गरेको आरोपमा एक मालपोत अधिकृत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?