मोरङमा एक महिला सदस्यको उम्मेदवारी खारेज भएको छ । जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर १ मा एमालेबाट महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीय पवित्रा लिम्बुको उम्मेदवारी खारेजी भएको हो ।
लिम्बु केराबारी गाउँपालिकाको महिला स्वयंसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो । निर्वाचन कार्यालयले उक्त उजुरी उपर निर्णय गरि उम्मेदवारी खारेज गरेको हो । केराबारीमा नेकपा एमालेका चारजना उमेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् ।
केराबारी गाउँपालिकामा प्रमुखमा ७, उपाध्यक्षमा ५ जनासहित १९० जनाको उम्मेदवारी परेको छ । यस्तै वडाअध्यक्षमा ४०, महिला सदस्य ३३, दलित महिला सदस्यमा ३४ र खुल्ला सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।