निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको बताएको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगले जनाएको छ ।
केहि ठाउँमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको स्रोतले जनाइएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।