News in Nepali

जसपा द्वारा विराटनगरको मेयर र उपमेयरका लागि ८ जनाको नाम सिफारिस

Lumbinikhabar Online

विराटनगर महानगरपालिमा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका लागि आठजनाको नाम सिफारिस गरेको छ ।

जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी उनीहरुको नाम सिफारिस गरेका हुन् ।

सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

Tags

छुटाउनु भयो कि ?