राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।
महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।
यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।