नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उन्माद र गैर कम्युनिस्ट चिन्तनका कारण पार्टी एकता टिक्न नसकेको बताएका छन् ।
शुक्रबार कम्युनिस्ट स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एस्तो बताएका हुन् ।
उनले यसअघि आफुले नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भनेर एकता प्रस्ताव गरेर नेकपा बनाइएपनि नेतृत्वमा देखिएको वैचारिक र सांस्कृतिक विचलनका कारण पार्टी एकता टिक्न नसकेको बताए । ‘उन्माद र गैर कम्युनिस्ट चिन्तनका कारण पार्टी एकता टिक्न सकेन’, प्रचण्डको भनाइ छ । उनले नेकपा फुटाउन कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र अवसरवादी मात्रै नभई देश बाहिरका शक्तिहरु पनि लागेको बताए ।