नेपाली काँग्रेसका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
आज भैरहवामा आयोजित एक कार्यक्रमका बीच यादव जसपामा प्रवेश गरेका हुन् । उनलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका छन् ।
बुधवार स्थानिय तहको टिकट वितरणमा काँग्रेसले मनोमानी गरेको भन्दै रुपन्देही सिद्धार्थ नगरका पूर्व क्षेत्रीय सभापति समेत रहेका उनले पार्टी परित्याग गरेका थिए ।
जनता समाजवादी पार्टीले यादवलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ । यादव रुपन्देही काँग्रेसमा लामो समयदेखि क्रियाशील नेता हुन् ।