ललितपुर जिल्ला स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा घाइते भएका पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा रमेश अधिकारी, दुर्गा पुरी, सुदीप तिमिल्सेना, अञ्जना पौडेल, गङ्गाराज शर्मा, ईश्वर बजगाई रहेका छन् ।
आज विहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु र ७ जना घाइते भएका थिए । घाइते अरु दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।