News in Nepali

कांग्रेसले पोखरामा मेयरको जिम्मेवारी नपाएपछि पार्टी कार्यलयमा तालाबन्दी

Lumbinikhabar Online

सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउने क्रममा पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको छ ।

बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।

एमालेको जनाधार बलियो रहेको पोखरामा पनि कांग्रेसबाहेक अर्को दलले जित्ने सम्भावना नभएको दाबी गर्दै प्रमुख पद नछाड्न महानगर र जिल्ला समितिले केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका थिए ।

एता , एकीकृत समाजवादीको मेयरको उम्मेदवार को हुने भन्ने टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले १४ जनाआकांक्षीको नाम महानगर कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

Tags

छुटाउनु भयो कि ?