नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किएका हुन् ।
काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने ।
उनले आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहोर्याए । काममा फर्किएका हुन् ।