बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिलादेवी रहेकी छन् ।
जिल्लाको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी ८ बजे सडक पार गर्ने क्रममा ना १ ह ६० ८२ नम्बरको टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको र टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको जनाइएको