News in Nepali

‘आगामी बजेटमा एकीकृत वस्ती विकास कार्यक्रमबाट पछि हट्छौं ’ : मन्त्री झाक्री

Lumbinikhabar Online

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा एकीकृत वस्ती विकास कार्यक्रमबाट पछि हट्ने बताएकी छन् ।

एकीकृत वस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर वस्ती विकासको नयाँ कार्यक्रम ल्याइने बताइन् ।

उनले भनिन् , ‘आगामी बजेटमा एकीकृत वस्ती विकास कार्यक्रमबाट पछि हट्छौं । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौं उपत्यका क्षेत्रमा जग्गाको अभाव छ ।’

मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रमा यसलाई वस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताइन् । उनले यसअघिको सरकारले बिना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल वस्तीमा टेण्डर गरेर सिलान्यास गर्दा समेत काम सुरू हुन नसकेको बताइन् ।

Tags

छुटाउनु भयो कि ?